बिन्धबासीनी म्युजिकको "अनुपम अटल" विमोचन सम्पन्न - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

बिन्धबासीनी म्युजिकको “अनुपम अटल” विमोचन सम्पन्न



काठमाण्डौ।
बिन्धबासीनी म्यूजिक प्रालिको प्रस्तुति रहेको  “अनुपम अटल”को एक समारोहका बीच बिमोचन गरिएको छ । गीतकार अर्जुन थापाको उक्त  एल्बम बानेश्वरको इन्द्रेणी फुडल्यांडमा एक भब्य समारोहका बिमोचन गरिएको हो।

 

“अनुपम अटल” बिमोचन समारोहमा बरिष्ठ गीतकार तथा साहित्यकार रत्न समशेर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथिहरु ,बरिष्ठ गायक तथा संगीतकार प्रेम ध्वज प्रधान,बरिष्ठ संगीतकार दिपक जंगम ,बरिष्ठ गीतकार तथा गजलकार डा.कृष्णहरि बराल,बरिष्ठ गीतकार तथा साहित्यकार दिनेश अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

बिन्धबासीनी म्यूजिक प्रालिका संचालक सुबास रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गीतकार अर्जुन थापाको एल्बम बिमोचन को साथमा म्यूजिक भिडियो पनि रिलिज गरिएको थियो। कार्यक्रममा उपस्थित बिभिन्न कलाकारहरुले सुभकामना दिएका थिए।एल्बम भित्र चर्चित संगीतकार राजेश थापाको एकल संगीत र अर्जुन थापाको एकल शब्द रहेको छ ।

“अनुपम अटल”मा  रामकृष्ण ढकाल, मेलिना राई, स्वरूप राज आचार्य, निखिता थापा, सुमन क्षेत्री, सन्तोष लामा, मनिषा राई र अर्जुन थापा स्वयंले पनि गीतमा स्वर भरेका छन् ।

कार्यक्रममा विभिन्न अतिथिले मन्तब्य राख्दै गीत र संगीत क्षेत्रमा कसैले गर्न नसकेका कामहरु गरेर छुट्टै इमेज बनाएको बताएका थिए ।बिन्धबासीनी म्यूजिकका संचालक सुबास रेग्मीले  दिलो ज्यानले यो गीतलाई प्रमोशन गर्ने छु भन्दै शुभकामना दिएका थिए ।