लोकदोहोरीमा पहिलोपटक प्रियंका कार्की(भिडियो सहित) - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

लोकदोहोरीमा पहिलोपटक प्रियंका कार्की(भिडियो सहित)



हिमाल पोस्ट /भदौ ३१ 

नेपाली फिल्म उद्योगमा एक पछि अर्को गर्दै निरन्तर सफल अभिनेत्री प्रियंका कार्कीले लोकदोहोरी गीतमा अभिनय गरेकी छन्   ।  फिल्ममा समावेश भएका लोक फ्लेभरका गीतहरुमा अभिनय गरिसकेकी भए पनि नेपाली लोकदोहोरीमा भने उनको अभिनय पहिलोपटक हो  ।

नवीन भट्टराई र प्रिया भण्डारीले आवाज भरेको ‘नसोध कसैले’ बोलको गीतमा नायक जीवन भट्टराई सँगै प्रियंका कार्कीले कम्मर भाचेकी छन्  ।विगत एक दशक भन्दा लामो समयदेखि लोकदोहोरीमा सक्रिय गीतकार तथा सङ्गीतकार शिव सुबेदीको शब्दसंगीत रहेको उक्त गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् भने राजिब समीरको कोरियोग्राफीमा अर्जुन तिवारीले क्यामरा चलाएका छन्  ।

फिनल्याण्डमा बस्दै आएका गायक नवीन भट्टराईको यो दोस्रो गीत हो भने प्रिया भण्डारीले गएको स्थानीय चुनावमा एमालेको गीत गाएर धेरैको मन जितेकी थिइन्  ।पढाइको सिलसिलामा युरोपमा बस्दै आएका शिव सुबेदीका घामजस्तो चम्किलो जुन हुँदैन, आमा तिम्रो दूधको भारा, कल्पनामै भएनी, खै हाम्रो दिलमा त, तिम्रै झल्को दियो लगायतका दर्जनौ लोकप्रिय गीतहरू बजारमा छन्  ।