बिपुल लाईभ इन एडीलेड कन्सर्टको मुनाफा बाढीपिडितलाई - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

बिपुल लाईभ इन एडीलेड कन्सर्टको मुनाफा बाढीपिडितलाई



 

एडीलेड
युवा पुस्ता माझ लोकप्रिय गायक बिपुल क्षेत्रीले यहि अगस्त २९ तारिकको दिन एडीलेडमा सांगीतिक कन्सर्ट गरेर फर्किएका छन् । पर्थ, ब्रीसबेन, मेल्बर्न , सीड्नी र एडीलेडमा सांगीतिक प्रस्तुति पश्चात बिपुल र ब्याण्ड अस्ट्रेलियाबाट फर्किएका हुन् ।लन्डनस्थित ट्रिनिटी कलेजबाट ‘वेस्टर्न क्लासिकल गिटार’ मा स्नातकोत्तर गरेर नेपाली संगीतमा आफ्नो ज्ञान र अनुभब समर्पण गरेका बिपुलले  सिन्डिगेट, असार, राम साइली जस्ता गितहरु दर्शक माझ प्रस्तुत गरेका थिए ।

साउथ अस्ट्रेलियाको एडीलेडमा आयोजना भएको कार्यक्रम बाट उठेको रकमको मुनाफा बाट ६२० डलर नेपालमा केहि हप्ता अगाडी गएको बाढी बाट प्रभावितहरुको सहयोगार्थ गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलियाको तर्फ़ बाट सहयोग गरेको थ्री केजीका खुम घलेले बताए। आगामी दिनमा समेत मनोरंजन संगसंगै परोपकारी काममा समेत थ्री केजीले सहयोग गर्ने घलेले बताए ।