भागवत गीता पढ्नुभयो ? यी हुन् गीताका १८ मुख्य सार
प्रा.डा. शिवप्रसाद धौभडेल
बाइबल क्रिस्चियन धर्मावलम्बीको सबैभन्दा ठुलो धार्मिक ग्रन्थ, कोरान मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठुलो धार्मिक ग्रन्थ हो । त्यसै गरी, हिन्दु धर्मावलम्बीको सबैभन्दा ठुलो धार्मिक ग्रन्थ वेद हो ।
वेद चार वटा छन् ऋग्वेद, सामवेद, यजुर्वेद र अर्थर्ववेद । यी चार वेदको निष्कर्ष उपनिषद् ग्रन्थ हो । उपनिषद्बाटै १८ पुराण बनेका हुन् । सबै वेद, उपनिषद् पुराणको निष्कर्ष गीता हो । गीता धार्मिक पुस्तक १८ अध्यायमा लेखेको छ ।
अर्जुनले महाभारत लड्दिन भनेर अज्ञानी भएका बेला श्रीकृष्णजीले राम्रो ज्ञान प्राप्तिका लागि गीताको ज्ञान भनेको सुनाएको हो । तै पनि अर्जुनलाई चित्त नबुझेकोले भगवान् श्रीकृष्णजीले अर्जुनलाई विश्वरूप दर्शन दिएर प्रस्ट पारी ज्ञान प्राप्ति गरिदिएको हो । अर्जुनलाई महाभारतलाई लड्न तयार गरिदिएको हो । यसरी निष्कामना अर्जुनमा उत्पत्ति गराइदिएको हो ।
यो सबै ज्ञानलाई गीतामा भगवानले १८ अध्यायमा मनन चिन्तन गराएका हुन् । तिनै १८ अध्याय हिन्दु धर्मको मुख्य महत्त्वपूर्ण धर्मको नियम स्वरूप हो । यिनै १८ अध्यायको कुरालाई सारांशमा हेर्दा भगवानको १८ ईश्वरीय कानुन (१८ कमाण्डमेन्टस्) भनेर हामीले बुझ्नुपर्छ ।
ईश्वरीय कानुन भन्नाले हामी मानिस १८ वटा नियमलाई पालना गरी जीवन चलाउन भवसागर तर्नलाई अर्पण गर भनी भगवान्को आदेश हो ।
अतः गीतालाई हामी १८ कमाण्डमेन्टस् भन्छौँ । जस्तो कि बाइबललाई क्रिस्चियनले दश कमाण्डमेन्टस् भन्छन् । गीताको १८ अध्यायको मुख्य सार कुरा यस्तो छ । यसबाट आफ्नो जीवनलाई सुधार्नुहोस्, लाभ उठाउनुहोस् ।
१८ अध्यायका १८ सार