सांगीतिक कन्सर्टको लागि बिपुल क्षेत्री एडीलेड आउदै - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

सांगीतिक कन्सर्टको लागि बिपुल क्षेत्री एडीलेड आउदै



 

एडीलेड
युवा पुस्ता माझ लोकप्रिय गायक बिपुल क्षेत्रीले यहि अगस्त २९ तारिकको दिन एडीलेडमा सांगीतिक कन्सर्ट गर्ने भएका छन। द गबमा बेलुका ७:३० बजे देखि सुरु हुने कन्सर्ट थ्री केजी इन्टरटेनन्मेटले आयोजना गर्दैछ। लन्डनस्थित ट्रिनिटी कलेजबाट ‘वेस्टर्न क्लासिकल गिटार’ मा स्नातकोत्तर गरेर नेपाली संगीतमा आफ्नो ज्ञान र अनुभब समर्पण गरेका बिपुलका सिन्डिगेट, असार, राम साइली जस्ता गितहरु दर्शक स्रोत माझ लोकप्रिय रहेका छन ।

यहि जुलाईमा बृह्त रुपमा नेपथ्य ब्याण्डको सांगीतिक कार्यक्रम सफलताका साथ सम्पन्न गरेको आयोजक थ्री केजी इन्टरटेनन्मेटका खुम घलेले कार्यक्रमलाई उच्च स्तरिय गराउनको लागि आफुहरु लागेको बताए । उनले भने ” हामीले दर्शकहरुको अपेक्षालाई मध्यनजर गर्दै लाईट, साउण्डमा बिशेष ध्यान दिएका छौ। साथै , उनले थप्दै भने ” हामीले अहिले देशमा आएको बाढीमा प्रभावितहरुलाई सानो भए पनि सहयोग होस् भनेर कार्यक्रम बाट आउने मुनाफा बाट केहि रकम सहयोग गर्दैछौ । त्यसैले कार्यक्रम परोपकारी सांगीतिक कार्यक्रम हुनेछ । फेस्टिभलको सहर मानिने एडीलेडमा यस प्रकारका कार्यक्रमहरुले नेपाली संगीतलाई अझै संवर्धन गर्ने प्रायोजक ग्रेस इन्टरनेशनल एडीलेडका प्रबन्धक निर्देशक प्रकाश थापा बताउछन।

कार्यक्रम आयोजक मध्येका प्रदिप खत्रीले भने ” छोटो समयमा अग्लो परिचय बनाएका विपुल क्षेत्री आफ्नो गीत मार्फत आममानिसको जीवनशैलीलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् त्यसैले पनि उनका गीत कर्णप्रिय छन । झट्ट सुन्दा अनप्लग लाग्ने विपुलका गीत स्टेज पर्फमेन्समा थोरै इम्प्रोभाइज्ड रूपमा फरक ढंगले कन्सर्ट दिनु यो ब्यान्डको विशेषता नै बनिसकेको खत्रीले बताए ।

विपुल गायन संगै विद्यार्थीलाई अन्तर्राष्ट्रिय संगीतका बारेमा कक्षा दिन्छन् र आफूचाहिँ लोकआधुनिक नेपाली गीत सिर्जना गर्छन् । आफ्ना सिर्जना वेस्टर्न र इस्टर्न म्युजिकको फ्युजन भएको उनको तर्क छ । उनले एउटा अन्तरबार्तामा भनेका छन – ‘मैले पश्चिमा संगीत सिकें, तर जन्मजात नेपाली भएकाले ममा संस्कारका रूपमा पूर्वीय संगीत विकास भैसकेको रहेछ । विपुल गिटारका साथमा सारंगी र टुङ्नाको फ्युजनमा रमाएका छन् । त्यसलाई उनी विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड’ को विशेषता नै मान्छन् ।