नयाँ तीज गीत "माईतिको आगानी दाजु-भाइले भरेनी" सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

नयाँ तीज गीत “माईतिको आगानी दाजु-भाइले भरेनी” सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट /साउन १६ 

अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा व्यवस्थापन गरिएको यो सालको नयाँ तीज गीत “माईतिको आगानी दाजु-भाइले भरेनी” सार्वजनिक भएको छ । सार्वजनिक गीतमा समना अर्यालको स्वर/शब्द तथा सङ्गीत रहेको छ भने प्रकाश केसीको मिक्सिंग मास्टरिङ्ग रहेको छ ।

यस्तै यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ निर्माण भएको भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् । भिडियोमा भिडियोमा तिजमा चेलीलाई माईतिको सम्झना सँग सँगै साथी संगीको सम्झना कति आउदो रहेछ भन्ने कुरा अनि आमाले पकाको दरको सम्झना गर्दै दाजु भाइ लाई भेटैमा हासे बोले भन्ने कुरा लाई दर्साउन खोजिएको छ ।

भिडियोमा राजिब समरको कोरियोग्राफी, निशान घिमिरेको सम्पादन, ज्ञानेन्द्र शर्माले छायाङ्कन रहेको भिडियोमा सामना अर्यालको आफ्नै अभिनय रहेको छ ।