आटे पछि के हुँदैन? सेलरोटी साउनी मेयरमा विजयी (भिडियो सहित) - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

आटे पछि के हुँदैन? सेलरोटी साउनी मेयरमा विजयी (भिडियो सहित)



समीर प्रकाश पाण्डे

गत वर्ष सेलरोटी साउनी बनेकी गायिका जानकी तारामी मगर यो वर्ष मेयर पदमा विजयी भएकी छिन् तर यो सत्य भने हैन हालै मात्र बजारमा आएको तीज गीत “ मेयरनीको पोई ” मा समेटिएको विषय हो ।
अहिलेको चर्चित तथा व्यस्त लोक तथा दोहोरी गायक गायिका पशुपति शर्मा र जानकी तारामी मगरको स्वरमा रहेको “मेयरनीको पोई ” बोलको गीतमा पशुपति शर्माको लय/शब्द रहेको छ । गीतलाई कमेडि तरिकाले प्रस्तुत गरिएको छ ।

एकता फिल्मस् को ब्यानरमा निर्माण भएको गीतको म्युजिक भिडियोलाई दुर्गा पौडेलले निर्देशन तथा छायाङ्कन गरेका छन् भने सम्पादन प्रविन भट्टको रहेको छ ।

यस गीतमा पशुपति शर्मा र जानकी तारामी मगरको दमदार अभिनय देख्न सकिन्छ । गीत जानकी तारामी मगरको प्रस्तुतिमा सनराईस म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।