बुटवलका युवाहरुले ल्याए ‘किन आजकाल तिम्रो मन’को कभर भिडियो - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

बुटवलका युवाहरुले ल्याए ‘किन आजकाल तिम्रो मन’को कभर भिडियो



हिमाल पोस्ट /बुटवल असार २६ 

बुटवलका युवाहरुले म:म चाउमिन गीतको कभर भिडियोको सफलतापछि बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु’ को चर्चित गीत ‘किन आजकाल तिम्रो मन’ को कभर भिडियो लिएर आएका छन् ।आकाश दर्पण क्रिएसनको प्रस्तुति रहेको उक्त भिडियोमा सुमन थापा मगरको निर्देशन तथा सम्पादन रहेको छ ।

आकाश पन्तको सहायक निर्देशन रहेको भिडियोको छायांकन कृष्ण पाण्डेले गरेका हुन् । भिडियोमा रेनुका थापा मगर, सनम सारु, श्रृष्टि क्षेत्री, निशा विश्वकर्मा, मेनुका बराल र सुवास बलाल मगरको उत्कृष्ट नृत्य रहेको छ भने कोरियोग्राफी निशा विश्वकर्माको रहेको छ । असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ फिल्ममा समावेश ‘किन आजकल तिम्रो मन मैले भो’ को कभर भिडियो सार्बजनिक भएको छ।

उसो त अहिले गीतसंगीतका कारण बढी चर्चामा छ चलचित्र । अर्जुन पोखरेलको संगीत तथा आवाज रहेको गीतमा अम्बिका शर्माको शब्द छ ।गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्माको गजबको केमेष्ट्री हेर्न सकिन्छ । सुदर्शन थापाको कथा तथा निर्देशन रहेको यो फिल्ममा सुदर्शन र पूजाको लगानी छ । फिल्ममा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङको अभिनय छ ।