तीजको अवसर पारि पोखराको बजारमा म:मको राँई राँई (भिडियो सहित)
समीर प्रकाश पाण्डे
नारीहरूको माहानचाड हरितालिका तीज नजिकिदै गर्दा, विभिन्न म्युजिक कम्पनीहरूले तीजगीत कोसेली बजारमा ल्याउने क्रम जारी छ। यसैबिच फरक धार र तीजको पुरानो भाकालाइ लिएर दृष्टि इन्टरटेनमेन्टले “राई राई” बजारमा ल्याएको छ ।
उक्त गीतमा शब्द बुटवलका चर्तित रचनाकार शिव पी सुबेदी र प्रदिप कडेलको रहेको छ भने सङ्गीत शिव पी सुबेदीले दिएका छन् । सुनिल क्षेत्री र यमुना अर्यालको स्वर रहेको गीतको अडियो राम्रो भएको र भिडियोमा पनि धेरै मेहेनत गरेको निर्देशक मदन खड्का बताउछन् ।
जस्मा रिचा थापा र मदन स्वयम अभिनय रहेको छ, गीतलाई राम्रो बनाउनलाइ क्यामेरामा टंक केसी र सम्पादनमा प्रदिप कडेलको भूमिका रहेको छ ।
https://youtu.be/oEMhhxB6drU