यो दशैँमा भायानेटको उपहार मेला - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

यो दशैँमा भायानेटको उपहार मेला



भायानेटले इन्टरनेटले यस वर्षको दशैँलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि अफर सार्वजनिक गरेको छ।

प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको छ। यो दशैँमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्।

यस अफरअन्तर्गत ३ हजारसम्म पर्ने मेस राउटर ५ सय रुपैयाँ छुटसहित २ हजार ५ सय रुपैयाँमा उपलब्ध हुनेछ।

त्यस्तै, १० हजार ७४९ रुपैयाँ पर्ने डुअल ब्याण्ड फोन जेडटीई नुबिया ए३६ छुटसहित ८ हजार २९९ रुपैयाँमा पाइनेछ। साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी २७ हजार ९९९ रुपैयाँमा किन्न सकिनेछ।

यससँगै, ८ हजार ४०० रुपैयाँमाथि इसेवा एपमार्फत भुक्तानी गर्ने ग्राहकले प्रोमोकोड भीआईए ३०० हाली ३ सय रुपैयाँ क्यासब्याक पाउनेछन्। साथै, ग्राहकहरूले “स्पिन द ह्विल” मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन्।

यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिन्छ।