एस राज कुमारको "बाडुली” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

एस राज कुमारको “बाडुली” बजारमा (भिडियो सहित)



असार १४ /काठमाडौं

नेपाली गीत संगीतमा केहि गर्छु अनि एउटा राम्रो कलाकार यानिकी गायक बन्छु भन्दै गीत संगीतमा लागेका अनि छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएका एक कुशल गायक तथा गीतकार हुन् एस राज कुमार । यिनै कुमारको नयाँ गीत “बाडुली” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा एस राज कुमारको आफ्नै आवाज संग संगै गायिका मेलिना राईको पनि आवाज रहेको छ ।

कुमारको आफ्नै शब्द रहेको यो गीतमा थानेश्वर गौतमको संगीत रहेको छ भने राजन इसानको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको म्युजिक भिडियो पनि तयार भएको छ भिडियोमा भोला तिमल्सिनाको निर्देशन रहेको छ भने रबिन्द्र बरालको छायांकन संगै जीतेन्द्र राजोपाध्यायको सम्पादन रहेको छ ।

एभरेस्ट ग्यालरीले बजार ब्यबस्थापन गरेको भिडियोमा अमृता खनाल अनि एस राज कुमार आफैको ससक्त अभिनय रहेको छ ।