भारत-क्यानडा थप तनाव: क्यानडामा रहेको भारतीय भिसा सेवा बन्द - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

भारत-क्यानडा थप तनाव: क्यानडामा रहेको भारतीय भिसा सेवा बन्द



भारतले क्यानडामा जारी भिसा सेवालाई निलम्बन गरेको छ। क्यानडा र भारतबीच बढ्दो तनावका कारण भारतले क्यानडामा रहेको भिसा सेवालाई तत्कालका लागि निलम्बन गरेको हो।

बीबीसीका अनुसार क्यानडाको भारतीय भिसा सेन्टरले आफ्नो वेबसाइटमा यस विषयमा जानकारी दिएको हो।

वेबसाइटमा भारतीय मिशनको तर्फबाट जारी सूचनामा भनिएको छ, ‘२१ सेप्टेम्बर २०२३ देखि भारतीय भिसा सेवालाई नयाँ सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको छ।’

भारत र क्यानडाबीच पछिल्लो समय कुटनीतिक स्तरको विवाद चर्केको छ। क्यानडाले पहिले भारतीय कुटनितिज्ञलाई निस्कासित गरेको थियो।

लगतै भारतले पनि क्यानेडियन कुटनितिज्ञलाई देश छोड्न उर्दी जारी गरेको थियो।