यी हुन् देउवाले मनोनित गरेका कांग्रेसका नयाँ केन्द्रीय सदस्यहरू - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

यी हुन् देउवाले मनोनित गरेका कांग्रेसका नयाँ केन्द्रीय सदस्यहरू



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति सदस्य मनोनित गरेका छन्।

सभापति देउवाले विधानले दिएको अधिकार प्रयोग गर्दै बिहीबार ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।

उनले विधानको धारा २१ को उपधारा १० बमोजिम केन्द्रीय सदस्यहरू मनोनित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

सभापति देउवाले मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी –पर्वत), चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाईं (काभ्रपलाञ्चोक), किरणराज शर्मा पौडेल (बागलुङ), भरतकुमार शाह (रूपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रूंगटा (पर्सा) लाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।

कांग्रेसको विधानमा सभापतिले आफ्नो अधिकार प्रयोग गरी केन्द्रीय सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ।