प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेट - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेट



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भटवार्ता भएको हो।

एन्टोनियो गुटेरेससँगको भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका छन्।

महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ।

साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको छ।

महासभामा सहभागी हुन शनिबार साँझ अमेरिका प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको थियो।

प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ.केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर थापाले स्वागत गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले आगामी बिहीबार महासभालाई सम्बोधन गर्ने छन्। त्यसपछि प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ।