ललिता निवास प्रकरणको फाइनल- आजै आदेशको तयारी - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

ललिता निवास प्रकरणको फाइनल- आजै आदेशको तयारी



काठमाडाैँ : ललिता निवासकाे जग्गा हिनामिना प्रकरणको मुद्दामा आज आइतबार थुनछेक आदेश आउन सक्ने सम्भावना छ।

न्यायिक हिरासतमा रहेका १८ मध्ये १७ जना प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस शुक्रबार नै सकिएको छ। आज आदेश आउनसक्ने बताइएको छ ।

आइतबार शुरुमै लोकहरि घिमिरेका तर्फबाट वकीलहरूले काठमाडौँ जिल्ला अदालतका न्यायधीश भोलानाथ ढकालको इजलासमा बहस थाल्नेछन्।

घिमिरे समरजङ कम्पनीका तत्कालीन कार्यालय प्रमुख हुन्। उनको प्रतिरक्षामा बहस सकिएलगत्तै जाहेरीकर्ताका तर्फबाट र सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

त्यसपछि समय पुगेमा हिरासतमा रहेका १८ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी माग वा साधारण तारेखमा रिहा गर्ने भन्ने थुनछेक आदेश हुनेछ।

ललिता निवास प्रकरणमा पूर्वमन्त्री, सचिव, बहालवाला सचिवसहित ३१० जनाविरुद्ध सरकारी लिखत किर्ते कसुरमा मुद्दा दर्ता भएको छ।

मिलेमतोमा ललिता निवासको जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा गराएको पाइएको छ। विसं २०४९ देखि २०६९ सम्ममा जग्गा हिनामिना भएको हो।