आजको संघीय संसदमा तीनवटा विधेयक प्रस्तुत हुने - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

आजको संघीय संसदमा तीनवटा विधेयक प्रस्तुत हुने



काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजे बस्नेछ । आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् ।

जसअनुसार राष्ट्रियसभाबाट उत्पति भएको नेपाल विश्वविधालय विधेयक २०८० टेबुल हुनेछ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सम्बन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथि सदनमा दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन । र, आजै सो विधेयकमाथि संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।