योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको आपत्ति - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको आपत्ति



नेकपा एमालेले पार्टी सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गरी मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा बिहीबार इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा इलाम बजारमा भट्टराईलाई अभद्र व्यवहार भएकोप्रति आपत्ति जनाएका हुन्।

‘संविधान र कानुनी व्यवस्थाअनुसार प्रदेशसभाको दुईतिहाइ बहुमतबाट भएको कोशी प्रदेश नामकरणमा असहमति राख्ने समूहले एमाले र यसका नेताहरूलाई विगत केही महिनादेखि गरिरहेको आक्रमण प्रयासको पछिल्लो शृङ्खलाका रूपमा बिहीबार इलाममा सचिव भट्टराईमाथि गरिएको अभद्र व्यवहारको एमालेले निन्दा गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।