गाउँपालिका अध्यक्षका छोराले कर्मचारी कुटेपछि कामकाज ठप्प - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

गाउँपालिका अध्यक्षका छोराले कर्मचारी कुटेपछि कामकाज ठप्प



प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलनले कर्मचारीमाथि हातपात गरेको भन्दै कर्मचारीहरुले कामकाज ठप्प पारेका छन्।

बुधबार ३५ जनाभन्दा बढी कर्मचारीको भेलाले अध्यक्षका छोरालाई कारबाही माग गर्दै अत्यावश्यक बाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको हो।

उनले प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालमाथी कार्यकक्षमै गएर हातपात गरेको कर्मचारीहरुको आरोप छ।

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष एमसीका छोरा मिलनले प्रक्रिया नपुगेको फाइल जबरजस्ति सदर गराउन खोज्दा कर्मचारीले नमानेपछि दुर्व्यवहार गरेको उनीहरुको आरोप छ।

कर्मचारीहरुको बैठकस्थलमै गएर उनले प्रशासकीय अधिकृत रिजाल र रोजगार सहायक दिपक जिसि लगाएतलाई हातपात गर्नुका साथै कर्मचारीमाथी अपशब्द प्रयोग गरी गाली बेइज्जती समेत गरेका थिए।

हातपातमा उत्रिएका मिलनलाई पालिका अध्यक्षले पालिकाको गाडीमा राखेर भगाएको कर्मचारी स्रोतको दाबी छ।