नेपालले आपत्ति जनाएपछि अखण्ड भारतको नक्साबारे भारतले मुख खोल्यो - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

नेपालले आपत्ति जनाएपछि अखण्ड भारतको नक्साबारे भारतले मुख खोल्यो



काठमाडौं- आफ्नो संसद् भवनको भित्तामा कुँदिएको चित्र (मुरल)बारे नेपालले आपत्ति जनाएपछि भारतले पहिलो पटक आधिकारिक बयान दिएको छ।

नयाँ संसद् भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि चित्रण गरिएको छ। यस भित्तेचित्रमा पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ।

आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘संसद्‍मा जे राखिएको छ, त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ। यी भित्ते चित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछन्। भित्ते चित्रले त्यही कुरा बताउँछ।’

नेपालमा यो भित्तेचित्रमाथि प्रश्न उठेपछि भारत पहिलोपल्ट बोलेको हो। नेपालका धेरै इतिहासकारले पनि यसलाई गलत भनेका छन्।