शंकर पोखरेलको आरोप- बालकृष्ण खाणले बदमासी गरे, एमालेलाई फसाउन खोजियो - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

शंकर पोखरेलको आरोप- बालकृष्ण खाणले बदमासी गरे, एमालेलाई फसाउन खोजियो



नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा भएको आरोप लगाएका छन्।

एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाणको मुख्य योजनामा सो प्रकरण सुरु भएको उनको जिकिर छ।

पार्टीनिकट युवाहरूको संगठन राष्ट्रिय युवासंघ नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बद्मासी अरुले गरे पनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

उनले सो अपराधमा संलग्नहरु भ्रष्टाचारविरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको उल्लेख गर्दै उनीहरूलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरे।

महासचिव पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चुनौतीसमेत दिए। मुलुकमा भएका ठुल्ठूला भ्रष्टाचारको काण्डलाई छानबिन गर्न एमाले तयार भए पनि त्यसका लागि वर्तमान सरकार तयार नभएको उनको दाबी थियो।