नक्कली भुटानी शरणार्थी प्रकरणपछि देउवा, ओली र प्रचण्डको लगातार भेट - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

नक्कली भुटानी शरणार्थी प्रकरणपछि देउवा, ओली र प्रचण्डको लगातार भेट



काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटार पुगेर माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको हो ।यसअघि पनि पटक पटक यी तीन नेताहरूबीच भेटवार्ता भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँण सहित दर्जन बढी पक्राउ परिसकेका छन् ।यसै प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।

यता सभापति देउवा पत्नी आरजु राणा र बालकृष्ण खाँण पत्नी मञ्जु पनि यस प्रकरणमा मुछिएका छन् । उनीहरुले लेनदेनका विषयमा गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो । उक्त अडियोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।