बालकृष्णले भेट्न खोज्दा पनि सम्पर्कमा आइनन् मञ्जु खाँण - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

बालकृष्णले भेट्न खोज्दा पनि सम्पर्कमा आइनन् मञ्जु खाँण



पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती तथा कांग्रेस नेतृ मञ्जु खाँण सम्पर्कविहिन बनेको तीन दिन बितिसक्दा समेत सम्पर्कमा आएकी छैनन् । नक्कली शरणार्थी प्रकरणमा श्रीमान पक्राउ परेको तीनसम्म पनि उनी सम्पर्कमा छैनन् ।

आश्चर्य त के छ भने मञ्जु खाँण अझै पनि बालकृष्ण खाँणलाई भेट्नसमेत पुगेकी छैनन् । बालकृष्णलाई पक्राउ गर्दा पनि उनी घरमा थिइनन् ।उनी मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएको बताइएको छ ।

नेपाली कांग्रेसमा व्यापक विरोध हुँदापनि देउवा र खाँणको जबर्जस्तिले समानुपातिक सांसद बनेकी मञ्जुले नक्कली शरणार्थी प्रकरणमा घुष लिएको भिडियो सार्वजनिक भैसकेको छ । त्यसमाथि अनुसन्धान सुरू भएपछि मन्जु तनावमा थिइन् । मञ्जुले साढे ६ करोड र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले २ करोड बुझेको अडिओपछि उनी अनुसन्धानमा तानिएकी छन् ।

पछिल्ला संसद बैठकमा पनि उनी गएकी छैनन्। प्राप्त जानकारी अनुसार पक्राउ परेपछि बालकृष्णले श्रीमतीलाई भेट्न खोजेका थिए तर उनी भने सम्पर्कमा आएकी छैनन् । बालकृष्णले भेट्न गएका आफन्तमार्फत मञ्जुलाई भेट्न पठाउन आग्रह गरेका थिए ।

काठमाडौं परिसरको हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न बुधबारै उनका परिवारका अन्य सदस्य टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगे। बालकृष्णका दाजुभाउजु बुधबार नै काठमाडौं परिसर पुगे। उनीहरुले बुधबार र बिहीबार दुवै दिन पुगेका थिए। सोहि क्रममा उनले श्रीमतीलाई भेट्न चाहेको बताएका थिए ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको बयानका आधारमा पक्राउ परेका बालकृष्णले नक्कली शरणार्थी प्रकरणमा रकम लेनदेन गरेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ। नक्कली शरणार्थी प्रकरणमा सचिव पाण्डेलाई उनले पठाएको एक एसएमएसमा आफ्ना निजी सहयोगी नरेन्द्र केसीलाई ५ लाख रुपैयाँ दिनु भनेको प्रमाण पनि भेटिएको प्रहरीले जनाएको छ। बालकृष्णलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा बुधबार ५ घण्टासम्म बयान लिइएको छ।