कारबाही गर्न माग गर्दै आरजु राणाले दिइन् उजुरी - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

कारबाही गर्न माग गर्दै आरजु राणाले दिइन् उजुरी



काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको फेक अडियोको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।

उनले बुधबार साइबार ब्युरो भोटाहिटीमा केही सञ्चार माध्याम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उदश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।

“विभिन्न सञ्चार माध्याममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् ? उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेस गरेको छु,” देउवाले दर्ता गरेको निवेदनमा भनिएको छ ।