मोबाइल अफ गरेर मञ्जु खाँण सम्पर्कविहिन - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

मोबाइल अफ गरेर मञ्जु खाँण सम्पर्कविहिन



नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकी मञ्जु खाँण सम्पर्कविहीन भएकी छन्। उनका श्रीमान पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी सम्पर्कविहीन बनेकी हुन् ।

मञ्जु खाँण नेपाली कांग्रेसकी समानुपातिक सांसदसमेतक हुन्। पैसा लिएको अडियो सार्वजनिक भएपछि उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अहिले उनको मोबाइल अफ छ भने उनी आफन्तको समेत सम्पर्कमा नभएको स्रोतले बतायो । बुधबार बिहान बालकृष्णलाई पक्राउ गर्न प्रहरी टोली चाबहिलको मैजुबहाल पुग्दा पनि घरमा मञ्जु थिइनन्।

मञ्जु आजको संसद बैठकमा समेत अनुपस्थित छन् ।आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको अडिओ जाहेरवालाले नै प्रहरीलाई दिएका थिए ।

नक्कली शरणार्थी प्रकरणमा मञ्जुले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो। उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि अढाई करोड रुपैयाँ बुझेको विवरण उक्त अडिओमा थियो।