कहाँ हराए आरजु देउवा र मञ्जु खाँण ? - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

कहाँ हराए आरजु देउवा र मञ्जु खाँण ?



काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसका सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाँण संसद् बैठकमा अनुपस्थित भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेसभित्र सन्नाटा छाएको छ ।

खाँण पक्राउ परेपछि यो प्रकरणमा नाम मुछिएकी उनकी पत्नी मञ्जु संसद् बैठकमा उपस्थित छैनन् । भने यसै प्रकरणमा नाम जोडिएकी सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा पनि सासदमा उपस्थित भएकी छैनन्।

नक्कली शरणार्थी प्रकरणमा आरजुले दुई करोड र मञ्जुले ६ करोड रकम बुझेको अडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रमाण जुटाउन प्रहरीले अनुसन्धान गर्न थालेपछि उनीहरू संसद बैठकमा उपस्थित भएका छैनन् ।