गगन थापाले भने- नेता होस् वा नाता कसैलाई छाड्नु हुन्न - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

गगन थापाले भने- नेता होस् वा नाता कसैलाई छाड्नु हुन्न



काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नक्कली शरणार्थी प्रकरणमा कसैलाई उन्मुक्ति दिने काम गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार संसद्‌मा जारी प्री-बजेटमाथिको छलफलमा भाग लिँदै गगनले भनेका छन्, “यो प्रकरणमा जोसुकै होस् । नेता होस् वा नाता होस् । उन्मुक्ति पाउनु हुँदैन । यहाँ संलग्न जोसुकै होऊन्, कारबाहीको दायरामा आउनैपर्छ ।”

उनले यस सम्बन्धमा अहिलेसम्म भएका कामका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाईसमेत भनेका छन् । यसैगरी काम गर्दै जाने हो भने सुशासनको नारा फेरि लगाउन नपर्ने उनले बताएका छन् । उनले थपेका छन्, “बजारको हल्लाले, कुनै भेटघाटले यसमाथिको कारबाहीमा प्रभाव पर्नुहुँदैन ।”

उनले अनुसन्धान गरेँ भनेर मात्रै नहुने, नागरिकलाई विश्वास दिलाउनुपर्ने उनले बताए ।