ओलीले भने- टोपबहादुर रायमाझीले कानुन अनुसार कारबाही भोग्नुपर्छ - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

ओलीले भने- टोपबहादुर रायमाझीले कानुन अनुसार कारबाही भोग्नुपर्छ



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीले कानुन अनुसार कारबाही भोग्नुपर्ने बताएका छन् ।

मंगलबार पार्टीको सचिवालय बैठकमा ओलीले गल्ती गरेपनि नगरेपनि कानुनलाई सघाउनुपर्ने बताएका छन् । गल्ती गरेको कारबाही रायमाझीले कारबाही भोग्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ओलीले भनेका थिए, “उहाँले आफैँ फेस गर्नुपर्छ । गल्ती हो भने कारबाही भोग्नुपर्छ । गल्ती नभए कानुनलाई सघाएर सफाइ लिनुपर्छ । एउटाको गल्तीले सिंगो पार्टी बदनाम हुन हुँदैन । एमाले कानुन मान्ने पार्टी हो।”