गुजरातको खतरनाक खेल- १३ ओभरमै हार्यो राजस्थान - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

गुजरातको खतरनाक खेल- १३ ओभरमै हार्यो राजस्थान



काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ।

राजस्थानले दिएको ११९ रनको लक्ष्य पछाएको गुजरातले १३ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। गुजरातको जितमा रिद्धिमान शाहले अविजित ४१ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले अविजित ३९ रन बनाएका थिए। त्यस्तै शुभमन गीलले ३६ रन बनाए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले १७ दशमलव ५ ओभरमा अलआउट हुदै ११८ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्बाधिक ३० रन बनाए भने ट्रेन्ट बोल्ट १५ रनमा आउट भए। यस्तै यशस्वी जैसवालले १४ र देवदत्त पाडिकलले १२ रन बनाए।

गुजरातका राशिद खानले सर्बाधिक ३ विकेट लिए भने नूर अहमदले २ विकेट लिएका थिए।

जितपछि जारी आइपिएलमा गुजरातको १० खेलमा खेलमा ७ जित हासिल गर्दै १४ अंकसहित शीर्ष स्थानमा छ। राजस्थान रोयल्सको १० खेलमा ५ जितहासिल गर्दै १० अंकसहित चौथो स्थानमा रहेको छ।