भ्रष्टाचारमा जोडिएका कसैलाई पनि छोड्नेवाला छैन- प्रचण्ड - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

भ्रष्टाचारमा जोडिएका कसैलाई पनि छोड्नेवाला छैन- प्रचण्ड



काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाड्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताएका हुन्।

प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रूपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले अधिकतम पहल गर्ने बताएको उनको सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

बैठकमा पार्टी पदाधिकारीले राजनीतिक रङ नदिइकन शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कानुनी दायरामा ल्याउन सरकार कडा रूपमा प्रस्तुत हुनुपर्ने धारणा राखे।

पार्टीका सचिव देवेन्द्र पौडेलका अनुसार बैठकमा प्रचण्डले सरकार आर्थिक अनियमितता र भ्रष्टाचार विरुद्ध कडा रूपमा प्रस्तुत हुने बताएका थिए।