कांग्रेसका प्रभावशाली नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

कांग्रेसका प्रभावशाली नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश



नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । कांग्रेस परित्याग गरेका पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीसहितको टोली रास्वपामा प्रवेश गरेको हो ।

बिहीबार रास्वपा उपसभापति डोलप्रसाद अर्यालले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । पर्बतमा पछिल्लो समय नेपाली कांग्रेस छाड्नेको लर्को नै लागेको छ ।

केही दिनअघि कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्यासी सुवेदीसहित जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठकलगायत ३१ जनाले एकैपटक पार्टी छाडेका थिए ।

विधिको शासन र कानूनी राज्यको प्रत्याभुति, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागी, हुकुमी शासनको अन्त्य गर्दै आमनागरिकलाई न्याय दिलाउन अबको यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुने सुवेदीले बताए ।