नक्कली शरणार्थी बन्न तयार हुनेहरूलाई पनि कारबाही गर्नुपर्छ- सुर्य थापा - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

नक्कली शरणार्थी बन्न तयार हुनेहरूलाई पनि कारबाही गर्नुपर्छ- सुर्य थापा



काठमाडौं– नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र नक्कली शरणार्थी बन्न तयार दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

बिहीबार समाजिक सञ्जाल फेसबुक मार्फत थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल र नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूलाई पनि कारबाही गर्नुपर्ने बताएका हुन् ।

‘नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन्,’ उनले लेखेका छन्, ‘तिनको रकम जफत गर्नुपर्छ ।’

गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधी भएको उनको भनाइ छ । ‘यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउनुहुँदैन,’ उनले लेखेका छन् ।

थापाले लेखेका छन्- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ। नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन्। तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनु पर्छ। खासमा व्यक्ति कसैको मुख नहेरी भन्नैपर्छ- गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू हुन्। यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउनु हुँदैन।