मोबाइल अफ गरेर टोपबहादुर फरार - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

मोबाइल अफ गरेर टोपबहादुर फरार



नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझी मोबाइल अफ गरेर फरार भएका छन् । बुधबार रातिबाट उनी सम्पर्कमा नभएको प्रहरी उच्च स्रोतले बताएका छ।

नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा मुछिएका उनीमाथि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँचीबाट काठमाडौं हिंडेका सांसद रायमाझी सम्पर्कविहीन भएका हुन् ।

प्रहरी स्रोतका अनुसार रायमाझी राति ९ बजेसम्म सम्पर्कमा थिए त्यसपछि सम्पर्कविहीन भएका हुन ।

रायमाझीले भैरहवाबाट काठमाडाैंका लागि काटेकाे जहाजकाे टिकटसमेत रद्द गरेका छन् ।

सामाजिक सञ्जालमा रायमाझी पक्राउ परेको भन्दै भाइरल भएपनि उनी सम्पर्कमा छैनन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेकाे छ । बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

याे प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहितका व्यक्तिहरू पक्राउ परिसकेका छन् ।