विमानस्थल हिँडेका टोपबहादुर बिचैमा गायव - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

विमानस्थल हिँडेका टोपबहादुर बिचैमा गायव



अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी हुन पुगेका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी विलखबन्दमा परे ।

आफैले चुनाव जितेको जिल्लाको कार्यक्रममा विशेष अथिति बनेर बसेका बेला उनीमाथि पक्राउ पूर्जी जारी भयो । बुधबार करिब १२ बजे कार्यक्रममा पुगेका रायमाझीसँग सभामुख देवराज घिमिरे पनि आएका थिए ।

अतिथि आसनग्रहण, विद्याललाई सहयोग गर्ने सहयोगी चन्दा दाताको नाम सार्वजनिक र विद्यालयको तर्फबाट स्वागत मन्तव्य अनि त्यहाँका कलासहितको झाकी प्रस्तुति गरेपछि रायमाझीलाई पक्राउ पुर्जी जारी भन्ने समाचार सार्वजनिक भयो । रायमाझीलाई कसैले पक्राउ पुर्जी जारी भएको सुनायो ।

आयोजकले कार्यक्रमको सेड्युलविपरीत रायमाझीलाई र सभामुख घिमिरेलाई पहिला बोल्न दिने कुरा भयो । विद्यालयलाई ५० लाख सहयोग गर्ने चन्दा दाता स्व. रामलाल ज्ञवाली र स्व. नेत्रलालको सम्झनामा उनीहरूको परिवारका सदस्य श्रीमती कल्पना ज्ञवाली र छोरा विश्वमणि ज्ञवालीलाई सभामुख देवराज घिमिरे र रायमाझीको हालबाट प्रमाणपत्र प्रदान गरियो ।

रायमाझीले करिब ८ मिनेट भाषण गरे । जिल्लाको बसाइँसराइ रोकथाम अबको एजेन्डा आफ्नो हुने बताए । सभामुख देवराज घिमिरेले कार्यक्रम सम्बोधन गरे र शैक्षिक सुधारका लागि सबै तह लाग्नुपर्ने विषयमा जोड दिए । सभामुखले पनि धेरै बोलेनन् । हतारहतार सभामुख घिमिरेसँगै रायमाझी सन्धिखर्क झरे ।

तर भैरहवा विमानस्थलमा सभामुख घिमिरेसँग उनी देखिएनन् । काठमाडौं फर्कने भनेर कार्यक्रमबाट हिंडेका टोपबहादुर बिचमै गायव भए । प्रहरीले पक्राउ गरिहाल्ने डरले उनी त्यहाँ गएनन् । रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छोरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ।

सभामुख घिमिरे र रायमाझी बुधबार राति ९ बजे भैरहवाबाट काठमाडौं फर्कने गरी बुद्ध एयरको टिकट काटिएको थियो। सभामुख निर्धारित समयमै विमानस्थल पुगे पनि राममाझी भने गएनन्। विमानस्थलमा पक्राउ पर्न सक्ने भएपछिउनी सडकमार्गबाटै काठमाडौं लागेको बताइएको छ ।

पछि शेरबहादुर नेतृत्वको सरकार आएपछि पनि गिरोहको धन्दा जारी राखेको अनुसन्धानबाट खुलेको छ। गृहमन्त्री बालकृष्ण खाँणको पहलमा गृह मन्त्रालय ल्याइएका सचिव टेक नारायण पाण्डेले नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहलाई सहज बनाउने काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।