काठमाडौंमा बाउन्सर थिए, निरुको हत्यापछि झापा पुगे - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

काठमाडौंमा बाउन्सर थिए, निरुको हत्यापछि झापा पुगे



काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भएको नीरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ परेसँगै उनीबारे चासो बढेको छ ।

प्रहरीले शनिबार एकजना बाउन्सरलाई झापाबाट पक्राउ गरेको हो । जानकारी अनुसार विनोद विक नाम गरेका ती व्यक्ति काठमाडौँ बस्ने गर्थे निरुको हत्यापछि उनी भागेर झापा पुगेको प्रहरीको निष्कर्ष छ ।

काठमाडौंमै बस्ने विनोदले बाउन्सरको काम गर्ने गरेको बताइएको छ । उनलाई प्रहरीले झापाबाट पक्राउ आजै काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

वैशाख ७ गते कपनस्थित सरस्वतीनगरमा रहेको आफ्नै पसलमा निरु हत्या भएको अवस्थामा फेला परेकी थिइन् । भाँडा पसल सञ्चालन गर्ने निरुको पसलमै शरीरका झन्डै २० ठाउँमा चक्कु रोपिएको अवस्थामा शब् भेटिएको थियो ।

परिवार तथा आफन्तले निरुको न्यायको लागि दवाव बढाएसँगै प्रहरीले अनुसन्धान गर्ने ११ जनाको समिति नै बनाएको थियो । घटनामा संलग्न पहिचान हुन नसक्दा यसबीच प्रहरीले केहीलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो।