कांग्रेस नेता चन्द्र भण्डारी नेपाल फर्किंदै - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

कांग्रेस नेता चन्द्र भण्डारी नेपाल फर्किंदै



काठमाडौं- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आइतबार नेपाल फर्कने भएका छन्। ३ फागुनमा बुद्धनगरस्थित आफ्नै घरमा आगलागी हुँदा भण्डारी घाइते भएका थिए।

आगलागीमा परी घाइते भएका भण्डारीलाई सुरुमा कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि भारतस्थित नेसनल बर्न सेन्टर मुम्बई लगेर उपचार गरिएको हो।

भारतमा उपचारपछि स्वास्थ्य लाभ गरी भण्डारी स्वदेश फर्कन लागेका हुन्। आगलागीमा परी भण्डारीसहित उनकी आमा पनि घाइते भएकी थिइन्। उनकी आमाको भने मृत्यु भएको थियो।