सवारी चालक लाइसेन्स नवीकरण अब १० वर्षमा - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

सवारी चालक लाइसेन्स नवीकरण अब १० वर्षमा



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ५/५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

मंगलबार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा मन्त्री ज्वालाले स्मार्ट लाइसेन्स ५/५ वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा रहेको बताएका हुन् ।

उनले स्मार्ट लाइसेन्स वितरण सहज र सरल बनाउने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए । मन्त्री ज्वालाले यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको बताउँदै लाइसेन्सका समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको बताए ।

सरकारले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल परीक्षा पास गरे लामो समयसम्म स्मार्ट लाइसेन्स कुुरेर बसेकाहरुको समस्या ७ महिनाभित्र अन्त्य गर्ने योजना बनाएको मन्त्री ज्वालाले बताए ।

‘सवारीसाधनमा इम्बोस्ड नम्बरका विषयमा अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासो आएकालेमन्त्रिपरिषदबाट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ’, उनले भने ।

मन्त्री ज्वालाले संघ, प्रदेश र स्थानीय तहले बनाउने गरी कानूनी रूपमै सडक वर्गीकरण गरिने बताए ।