रवि लामिछानेले सुनाए पाँच वर्षपछिको योजना - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

रवि लामिछानेले सुनाए पाँच वर्षपछिको योजना



काठमाडौं । रास्वपाका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले पाँच वर्षमा ठूलो पार्टी बनाएर आफ्नै नेतृत्त्वमा सरकार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चितवनमा भएको धन्यवाद सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“पाँचवर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्त्वमा सरकार बनाउनेछौँ,” उनले भने, “नेतृत्त्व सक्षम भएन भने हटाएर घण्टी बजाउनेछ । तपाइँ आँट गर्नुहोस्, घण्टी हामीसँग छ बजाउँदै अघि बढ्नुहोला ।”

उनले चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने बताएका छन् ।

“भविष्य परिवर्तनको यात्रामा अघि बढेका छौँ । गुण इतिहासले बिर्सने छैन,” उनले भने, “थप प्रमाणीकरण हो अहिलेको मत । मेरा कारणले हुन गएको क्षतिप्रति क्षमाप्राथी छु ।”