कांग्रेस र एमालेको मत जोड्दापनि स्वर्णिमलाई भेट्टाउन सकेनन् - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कांग्रेस र एमालेको मत जोड्दापनि स्वर्णिमलाई भेट्टाउन सकेनन्



काठमाडौं : तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता लिएका छन्।

आइतबार रातिदेखि भएको मतगणनामा पछिल्लो मतपरिणामअनुसार कुल २५ हजार ३६९ मत गन्दा वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन्। उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत पाएका छन्। भट्टराईभन्दा वाग्ले पाँच हजार ५८ मतले अगाडि छन्।

वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले चार हजार २२० मत प्राप्त गरेका छन्। वाग्लेको मत भट्टराई र खनालको जोड्दा पनि बढी रहेको छ। खनाल र भट्राईले पाएको जम्मा मत ११ हजार ८६७ हुन आउँछ। यता वाग्ले एक्लैले १२ हजार ७०५ मत पाएका छन्।

भट्टराईलाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायत सत्ता गठबन्धनको समर्थन थियो। भने एमाले र रास्वपा गठबन्धन नगरी चुनाव लडेका थिए।