निरु हत्याकाण्ड- सिसिटिभी फुटेजमा शंकास्पद व्यक्ति भेटिए - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

निरु हत्याकाण्ड- सिसिटिभी फुटेजमा शंकास्पद व्यक्ति भेटिए



चावहिलस्थित सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका नीरा पाण्डे आचार्यको हत्यामा संलग्न एक आशंकित व्यक्तिको तस्बिर फेला परेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान महाशाखाका एसपी रवीन्द्र रेग्मीका अनुसार घटनास्थल नजिकैको एक सिसिटिभी फुटेज प्राप्त भएको हो ।

‘फुटेज अध्ययनका क्रममा घटनामा संलग्नताका केही आधारसहित एक व्यक्तिको हुलिया खुलेको छ । तर, ती व्यक्ति को हुन् ? एक्लै वा समूहमा थिए ? हतियार व्यवस्थापनको अवस्था के हो ? जस्ता विषयहरु यकिन भएको छैन । ‘हामी गहिरोसँग अध्ययन गरिरहेका छौं’, रेग्मीले भने ।

घटनाको कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको उनले बताए । सोही घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुले इन्स्पेक्टर राजन लामा नेतृत्वको टोली परिचालन गरेको छ ।