चितवनको मतगणना के भैरहेको छ ? - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

चितवनको मतगणना के भैरहेको छ ?



काठमाडौं : चितवनमा अझै मतगणना सुरु हुन सकेको छैन। चितवनमा सर्वदलीय बैठक बस्न नसक्दा गणनामा ढिलाइ भएको हो।

अहिले केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ।

नेपाली कांग्रेसले उजुरीमाथि निर्णय नभई मतगणना गर्न नदिने अडान राखेको छ।