तनहुँ १- १० हजार मत गन्दा आधा मत वाग्लेलाई - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

तनहुँ १- १० हजार मत गन्दा आधा मत वाग्लेलाई



काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० हजार ६३८ मतगणना हुँदा वाग्लेले ५ हजार ९०० मत प्राप्त गरेका छन् । उनी सत्ता गठबन्धनका उमेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईभन्दा दोब्बर मतले अघि छन् ।

भट्टराईले २ हजार ६८७ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार सर्वेन्द्र खनालले एक हजार ६५६ मत प्राप्त गरेका छन् ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् ।