तनहुँमा दोब्बर बढी मतले पछि परे गोविन्द भट्टराई, सर्वेन्द्र धेरै पछाडी - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

तनहुँमा दोब्बर बढी मतले पछि परे गोविन्द भट्टराई, सर्वेन्द्र धेरै पछाडी



काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नौ हजार २५७ मतगणना हुँदा पाँच हजार १९ मत वाग्लेले प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले दुई हजार ३५१ मत पाएका छन् ।

त्यस्तै, नेकपा (एमाले)का उमेदवार सर्वेन्द्र खनालले एक हजार ५९४ मत प्राप्त गरेका छन् ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार तनहुँ–१ मा एक लाख २३ हजार ३०५ जना मतदाता रहेका छन् ।