यी दुई उम्मेदवारले आफैलाई समेत भोट हाल्न पाएनन् - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

यी दुई उम्मेदवारले आफैलाई समेत भोट हाल्न पाएनन्



बारा- २ मा आज भइरहेको उपनिर्वाचनका मुख्य प्रतिस्पर्धी मनिने दुई उम्मेदवारले आफैँलाई मतदान गर्न नपाउने भएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन् ।

जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन् ।

तर, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन् ।