नेपालमा लुकेको भनिएका अमृतपाल सिंह पक्राउ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

नेपालमा लुकेको भनिएका अमृतपाल सिंह पक्राउ



फरार अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाबाट पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो। अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ जेल लगिनेछ।

अमृतपाल विरुद्ध एनएसएअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

अमृतपाल ३६ दिनदेखि फरार थिए। अमृतपालले आफ्ना एक समर्थकको रिहाइका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए। घटनापछि प्रहरीले उनलाई खोजिरहेको थियो।

केही समय अघि उनी नेपालमा लुकेर बसेको आशंका गरिएको थियो ।