बिहानै रविको आक्रोश- कायरहरूले चुनावी प्रतिस्पर्धा गर्न नसकेर फेक न्युजका कारखाना चलाए - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

बिहानै रविको आक्रोश- कायरहरूले चुनावी प्रतिस्पर्धा गर्न नसकेर फेक न्युजका कारखाना चलाए



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानले आफ्नो पार्टीले कुनै पनि ठाउँमा कसैसँग चुनावी तालमेल नगरेको प्रष्ट पारेका छन् ।

उनले ठूला पार्टीका केही नेताहरूले फेक न्युजको कारखाना चलाए पनि भ्रममा नपर्न मतदातालाई आग्रह गरेका छन् ।

‘रास्वपाले उपनिर्वाचनमा कसैसँग चुनावी तालमेल गरेको छैन । ठूला पार्टीका ठूला नेताज्यू, आफ्ना फेक न्युज कारखाना बन्द गर्नुस् नत्र जनताले तपाईंको राजनीति बन्द गर्छन्’, रविले भनेका छन् ।

सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै रविले उनकै शब्दमा ‘चुनावी प्रतिस्पर्धाबाट अताल्लिएका कायरहरू’ले फेक न्युजको कारखाना चलाएको आरोप पनि लगाएका छन् ।

‘कायरहरूले चुनावबाट प्रतिस्पर्धा गर्न नसकेर फेक न्युजका कारखाना चलाएका छन् । यसको हिसाब जनताले दिनेछन्’, रविले आक्राेशित हुँदै भनेका छन् ।