नेपाल-भारत सीमा नाका बन्द - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

नेपाल-भारत सीमा नाका बन्द



बारा- वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज रातिबाट नेपाल-भारत सीमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द रहने जनाएको हो।

यसैगरी, मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरि सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाइएको छ।