सुपर जायन्टमाथि पन्जाब किङ्सको रोमान्चक जित - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

सुपर जायन्टमाथि पन्जाब किङ्सको रोमान्चक जित



काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले लखनउ सुपर जायन्टलाई हराएको छ।

अटल बिहारी क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई पन्जावलर २ विकेटले हरायो। यो पन्जाबको तेस्रो जित हो।

लखनउले १ सय ६० रनको लक्ष्य दिएको थियो। पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्दै लक्ष्य पूरा गर्यो।

पन्जाबको जितमा सिकन्दर राजाले ५७ अर्धशतकीय इनिङ खेलेका थिए। माथ्यु सर्ट ३४ रनमा आउट भए। हर्पित सिंह २२ रनमा आउट भए। शाहरुख खान २३ रनमा अविजित रहे।

लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२विकेट लिएका थिए। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो।

लखनउका लागि कप्तान केएल राहुलले ७४ रनको अर्धशतकीय इनिङ खेलेका थिए। केली मेयर्सले २९ रन जोड्दा कुर्नाल पान्डयाले १८ तथा मार्कुस स्टोनिसले १५ रन जोडेका थिए।

पन्जाबका साम करणले ३ तथा कागिसो राबडाले २ विकेट लिए। जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ। लखनउ ६ अंक नै जोडेर दोस्रो स्थानमा छ।