ढाकाकुमारको स्पष्टिकरण- पार्टीको निर्णय मान्न तयार छु - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

ढाकाकुमारको स्पष्टिकरण- पार्टीको निर्णय मान्न तयार छु



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रकम माग गरेको अडिओ प्रकरणबारे पार्टीलाई स्पष्टीकरण बुझाएका छन्। सोमबार साँझ उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओबारे स्पष्टीकरण बुझाएका हुन्।

आइतबार उनको उक्त अडिओ सार्वजनिक भएको थियो। त्यसलगत्तै पार्टीले सांसद श्रेष्ठलाई निलम्बन गरेको थियो। साथै रास्वपाको अनुशासन कमिटीले २४ घण्टे स्पष्टीकरण पनि सोधेको थियो। उनले सोमबार उक्त पत्रको जवाफ पठाएका छन्।

उक्त स्पष्टीकरणबारे मंगलबार अनुशासन समितिको बैठक बसेर छलफल गर्ने र केन्द्रीय समितिले दिएको समयावधिभित्र प्रतिवेदन तयार पारी बुझाउने समितिले तयारी गरेको छ।

स्पष्टीकरणमा सांसद श्रेष्ठले उक्त अडिओमा भएको आवाज आफ्नो नभएको बताएका छन्। साथै अडिओ सम्पादित भएको दाबी गर्दै पार्टीले गरेको निर्णय मान्न आफू तयार रहेको जवाफ उनले पत्रमा दिएका छन्।