पुरानै स्थितिमा देशैभर जग्गाको कित्ताकाट खोल्ने सरकारको तयारी - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

पुरानै स्थितिमा देशैभर जग्गाको कित्ताकाट खोल्ने सरकारको तयारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरणविनै कित्ताकाट खुला गर्ने तयारी गरिरहेको बताएका छन् ।

सोमबार उद्योगी व्यवसायीसँग सिंहदरबारमा भएको भेटमा उनले सरकारले पुरानै स्थितिमा कित्ताकाट खुला गर्न लागिएको बताएका हुन् ।

बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो भन्ने निष्कर्ष निकाल्दै बजारमा पैसा अभावको कारण जग्गा वर्गीकरणविनै कित्ताकाट खोल्ने तयारी गरिएको जानकारी गराए ।

‘तरलताको समस्या भनेको जग्गामा गएर पैसा फसेको छ, कित्ताकाट रोकिएको छ, बेचबिखन रोकिएको छ, पूँजीको अभाव हुनुको एउटा कारण त्यो हो, उनले भने, ‘अहिलेलाई जग्गाको वर्गीकरणवाला कुरोलाई थाती राखेर भए पनि पुरानै स्थितिमा लैजाने र कित्ताकाट र जग्गा बेचबिखनलाई सैद्धान्तिक सहमति क्याबिनेटबाट दिने, त्यसो गर्‍यो भने अहिलेको क्राइसिस म्यानेज गर्छ भनेर हुन सक्ने जति कोशिस गरेका छौं ।’

ब्याजदरलाई एकल अंकमा झार्ने आफ्नो प्रयास रहेको बताउँदै उनले भने, ‘केही न केही राहततिर गएका छौं, संकट निवारण भइसक्यो भन्ने होइन ।’