स्थानीय शिक्षा ऎन खारेजीको माग गर्दै जसपा र कांग्रेसको विरोध प्रदर्शन - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

स्थानीय शिक्षा ऎन खारेजीको माग गर्दै जसपा र कांग्रेसको विरोध प्रदर्शन



पाल्हीनन्दन
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले बनाएको स्थानीय शिक्षा ऎनको खारिजीको माग गर्दै जसपा नेपाल र नेपाली कांग्रेसले आज बेलासपुरमा विरोध प्रदर्शन सहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन्।

जसपा नेपालका अनुसार पाल्हीनन्दन गाउँपालिकामा संचालित सामुदायिक विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको गठन प्रकृया संघीय शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले चयन गर्ने प्रवाधान प्रष्ट उल्लेख भएको पनि पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको शिक्षा ऐन,संघीय शिक्षा ऐनसँग बाझिने गरि शिक्षा ऐन निर्माण गरेको आरोप लागेको छ।

ज्ञापन पत्र अनुसार चैत १२ गते विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरि विद्यालयमा परिपत्र गरेको सुचना विभिन्न संचार माध्यमबाट जानकारी भएको तथा पाल्हीनन्दन गाउँपालिकाको विद्यालय व्यवस्थापन समितिको गठन प्रकृयालाई लिएर शिक्षा प्रेमी र अभिभावकहरुको जनगुनासो बढि आएको तथा विद्यालयमा विद्यार्थीहरु माथि नकरात्मक असर पर्ने भएको हुदाँ अविलम्ब संघिय शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठन गराई विद्यालयको शैक्षिक क्रियाकलापमा सहयोगको अनुरोध गर्दै जनता समाजवादी पार्टी र नेपाली कांग्रेस पाल्हीनन्दनले ज्ञापन पत्र बुझाएको छ।

जनता समाजवादी पार्टी पाल्हीनन्दनका अध्यक्ष व्याशमुनी यादवका अनुसार स्थानीय शिक्षा ऐन खारिज न भए जनताको आवाजलाई उठाउन अझ सशक्त दङ्गले लाग्ने बताएका छन् ।